
काठमाडाै । अदुवा नेपालको प्रमुख मसलाबाली अन्तर्गत पर्दछ । झण्डै हलेदाको जस्तो बोट र पात भई भुईंमनि पिरा गाना फल्ने एक वनस्पतिलाई अथवा मसला वा औषधिमा प्रयोग हुने यसैको गानुलाई अदुवा भनिन्छ ।
अदुवामा मानिसलाई चाहिने ६ वटै तत्वहरु (कार्बोहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज पदार्थ, पानी) पाईनुका साथै रेसा तथा अन्य औषधीयुक्त तत्वहरु प्रसस्त मात्रामा पाईन्छ। नेपालमा बिशेष गरी मध्य पहाडी जिल्लाहरुमा अदुवा खेती ब्यबसायिक रुप्मा हुँदै आएको छ।
विविध हावापानी र भूगोलका कारण नेपालमा अदुवा उत्पादनको प्रचुर सम्भावना रहेको छ । पर्याप्त लगानी र उपयुक्त प्रविधिको प्रयोग भएमा उत्पादन तथा उत्पादकत्व वृद्धि गरी निर्यातसमेत गरेर देशमा विदेशी मुद्रा भित्र्याउन सकिन्छ ।
नेपालमा अदुवा खेती एक नगदेवालीको रूपमा रहेको र यसको उत्पादनमा सरकारी तथा अन्य तहबाट भएका विभिन्न प्रयासहरूबाट आशातित उत्पादन वृद्धि र प्रवर्द्धन हुन नसकेको सन्दर्भमा कृषक, कृषि उद्यमिहरूका वास्तविक समस्याहरू पहिचान गर्नको लागि यो कार्यक्रम संचालन गरिएको हो ।
अदुवा खेतीका समस्याहरू
अदुवा खेतीमा देखिएका समस्या समाधानका उपायहरू
प्रतिक्रिया दिनुहोस