aarthiknews.com आइतबार, २१ जेठ २०८०   Sunday, 04 June, 2023
 

प्रभु बैंकको १४ लाखभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ चैत्र २०७९
प्रभु बैंकको १४ लाखभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा
NIBL

काठमाडौं । प्रभु बैंक लिमिटेडले १४ लाख १६ हजार १९५ कित्ता संस्थापक शेयर चैत १६ गतेदेखि विक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो ।

यो शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा आवेदन पेश गर्न बैंकले भनेको छ ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट खरीद आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थामा उल्लेखित शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस