
काठमाडौं । श्री डिस्टिलरी लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्ताव सहित आगामी वैशाख ९ गते प्रथम वार्षिक साधारण सभा बोलाएको छ । सभाले कम्पनीको जारी पूँजी बृद्धि गर्ने तथा रजिष्टर्ड कार्यालय रहने ठेगाना संशोधन समेत गर्नेछ ।
कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनको लागि प्रस्ताव पारित गर्ने र यसका लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।
साथै गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्ने र चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती गर्ने विषय पनि सभाका लागि तय भएको छ । सञ्चालक समितिको निर्वाचन समेत सभाले गर्नेछ ।
प्रतिक्रिया दिनुहोस