
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी वैशाख १० गते पाँचौ वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । चैत १६ गते विहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले होटल गजुर गंगालाल मार्ग, धरान, सुनसरीमा सभा गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै १४ दशमलव ७५ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १ अर्ब ७३ करोड ९४ लाख ४० हजारको आधारमा कर समेत १४ दशमलव ७५ प्रतिशत नगद लाभांश मात्र वितरण गर्न लागेको हो ।
राष्ट्र बैंकले लघुवित्त कम्पनीहरूलाई १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्दा विभिन्न शिर्षकमा ९५ प्रतिशतसम्म जगेडा कोषको व्यवस्था गर्न भनेको छ । यस कम्पनीले भने १५ प्रतिशतभन्दा कम लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । गत वर्षको तुलनामा कम्पनीले यस वर्ष बढी लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले कर समेत ५ दशमलव ४१ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस