
काठमाडौं । सत्तागठबन्धनमा बुधबार साँझ भएको सहमतिको मसि नसुक्दै सोही गठबनधनको एक घटक जनता समाजवादी पार्टी (जसपा)ले असहमति जनाएको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले मन्त्रालयको भागबन्डामा आफ्नो दलको सहमति नरहेको बताएका हुन् ।
अध्यक्ष यादवले आजको बैठकमा सबै दलले आफ्नो दाबी प्रस्तुत गरेको भए पनि बाँडफाँट नमिलेको बताएका छन् । कुन दलले कति वटा र कुन–कुन मन्त्रालय पाउने निर्णय भोलि ८ बजे बस्ने बैठकले टुंगो लगाउने उनको दाबी छ ।
आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा भएको सहमतिलाई उदृत गर्दै सञ्चार माध्यममा आएको समाचारको समेत यादवले खण्डन गरेका छन् । यादवले मन्त्रालयको संख्यामा भएको सहमतिको हवाला दिँदै मिडियाले लेखेको समाचार अन्दाज मात्र भएको बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस