
काठमाडौं । सत्तागठबन्धनले मन्त्रालयको भागबन्डा टुंगो लगाएको छ । आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धन दलको बैठकले मन्त्रालयको बाँडफाँटमा सहमति गरेको हो ।
दलहरुले गरेको सहमति अनुसार सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको भागमा ८, सरकारको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र)को भागमा ५, नेकपा (एकिकृत समाजवादी)को भागमा २ जनता समाजवादी पार्टीको भागमा २ मन्त्रालय परेका छन् ।
त्यसैगरी, जनमतलाई एक राज्यमन्त्रीसहित २, लोसपा १, उन्मुक्तिलाई १, आम जनता पार्टीलाई १ र नेसपालाई १ मन्त्रालय दिने सहमति भएको छ ।
प्रतिक्रिया दिनुहोस