४० प्रतिशत जंगल भएको देशमा ७ अर्बको काठ आयात - Aarthiknews
aarthiknews.com मंगलबार, २६ कार्तिक २०७६   Tuesday, 12 November, 2019
 
Bajaj_Bike

४० प्रतिशत जंगल भएको देशमा ७ अर्बको काठ आयात

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ भदौ २०७६
Sunrise bank
४० प्रतिशत जंगल भएको देशमा ७ अर्बको काठ आयात
LBEF
NCH-IPS

काठमाडौं । ४० प्रतिशतभन्दा बढी जंगल भएको नेपालमा ७  अर्बको काठ जन्य बस्तु आयात भइरहेको चेम्बर अफ कमर्सका अध्यक्ष डा.राजेशकाजी श्रेष्ठले बताएका छन् । बुधबार फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) बुधबार उद्घाटनका क्रममा उनले भने, ‘काठ आयातलाई रोकी नेपाली उत्पादनलाई प्रोत्साहन गरि स्वदेशी उत्पादनलाई बढाउनु पर्छ ।’

 उक्त एक्स्पोको उद्घाटन भने उपराष्ट्रपति नन्दकिशोर पुनले गरेका छन् । सातौं संस्करणको फर्नेक्स २०१९ राजधानीको भृकुटीमण्डपमा भदौ २५ गते बुधबारदेखि २९ गतेसम्म आयोजना हुने भएको छ । विगत वर्षको तुलनामा यस बर्ष परिस्कृत रुपमा एक्स्पोको तयारी भएको फर्निचर तथा फर्निसिङ एक्स्पोका कार्यक्रम संयोजक मनिश अग्रवालले जानकारी दिए ।

 एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १ सय २० भन्दाबढी प्रदर्शकले एक्स्पोमा सहभागिता रहेको अग्रवालले जानकारी दिए । सामग्रीको स्तरीयताको बारेमा उपभोक्तालाई जानकारी दिने र नेपाली उत्पादकलाई प्रोत्साहन गर्ने बताए । 

फर्नेक्स २०१९ को शिर्ष प्रायोजक जेम लोरिङले गरेको छ भने मुख्य प्रायोजकमा हेरिटेज फ्लोरिङ कार्पेट इण्डस्ट्रिज, हाइटेक्स कार्पेट, जेन्शा कार्पेट र हलेसी डेकोर रहेका छन् । एक्स्पोलाई नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्नि्सिङ व्यवसायी महासंघको सपोर्ट रहेको छ । त्यसैगरी यस एक्स्पोलाई नेपाल हस्तकला महासंघ र नेपाल इन्टेरियर डिजाइनर एशोसिएसनले समेत सहयोग गरेको आयोजकले बताएको छ । एक्स्पोको बीमा पार्टनर एभरेष्ट इन्स्योरेन्स रहेको छ । 

किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने आयोजकको दावी छ । यसैगरि कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निचर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षण बन्ने छ । 

फर्निसिङ व्यवसायमा आधुनिक प्रविधि भित्र्याउँदै फर्निचरजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर बनाउन एक्स्पोले टेवा पुर्याउने अपेक्षा गरिएको छ । नेपालमा उपलब्ध फर्निचर तथा फर्नि्सिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले सन् २०१२ देखि नियमित रुपमा एक्स्पोको आयोजना हुँदै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस