शीर्षकहरू

भोलि बेलुकासम्म मन्त्रिपरिषदलाई पूर्णता पाउने

भोलि बेलुकासम्म मन्त्रिपरिषदलाई पूर्णता पाउने

काठमाडौं । भोलि बेलुकासम्म मन्त्रिपरिषदलाई पूर्णता पाउने भएको छ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले मन्त्रालय भागवण्डा लगभग टुंग्याएपछि विहीबारसम्ममा सरकारले पूर्णता पाउने भएको हो ।  

बुधबार साँझ बालुवाटारमा सत्ता गठबन्धनका दलहरुको बैठकले कुन दललाई कति मन्त्रालय पाउने भन्ने विषय लगभग समझदारी जुटाएको  छ ।  ९ दल सरकारमा जाने गरि सैद्धान्तिक रूपमा मन्त्रालय सङ्ख्या पनि  टुङ्गो लागेको बैठकमा सहभागी एक सदस्यले बताए । 

कसले कुन मन्त्रालय लिने भन्ने थोरै होमवर्क गर्न बाँकी रहेको उनको भनाइ छ । गठबन्धन बैठकमा कांग्रेसले ८ माओवादीले ५, एकीकृत समाजवादी र जसपा २–२ मन्त्रालय पाउने सहमति भएको छ । लोसपा, नागरिक उन्मुक्ति, जनमतले १–१ मन्त्रालय पाउने सहमति भएको छ ।