
काठमाडौं । आम जनता पार्टीका प्रभु साहले बैंकले ऋण उपलब्ध नगराउँदा नागरिक चर्को ब्याजदरमा मिटर ब्याजबाट ऋण लिन बाध्य भएको बताउँदै कर्जा प्रवाहका विषयमा लघुवित्त र बैंकहरुमा विद्यमान बेथितिको निराकरणका लागि ठोष कानुनको आवश्यकता रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले यस्तो बताएका हुन् ।
आम जनता पार्टीका प्रभु साहले मिटरब्याज पीडितहरुको आन्दोलन चर्किरहेकाले उनीहरुको समस्या तत्काल समाधान गर्न सभामुखमार्फत सरकारलाई रुलिङको माग गरे । उनले भने, “काठमाडौँ आएका मात्र होइन देशभित्र लाखौँ मान्छे मिटरब्याजबाट पीडित छन् । बर्सेनि कुरा उठ्ने तर समाधान नखोजिको यो समस्यामा यही संसद्बाट ठोस निर्देशनका लागि माग गर्दछु । ”
प्रतिक्रिया दिनुहोस