
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीले माघ २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १६ प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो ।
कम्पनीले माघ १६ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको र सो मितिपश्चात् शेयर अभौतिकीकरण गराएका शेयरधनीको हकमा क्रमशः बोनस शेयर जम्मा हुने व्यवस्था गरेको जानकारी कम्पनीले दिएको छ ।
हालसम्मपनि शेयर अभौतिकीरण नगराएका शेयरधनीले शेयर अभौतिकीकरण गराई बोनस शेयर हितग्राही खातामानै प्राप्त गर्न सक्नेछन् । कम्पनीको शेयर रजिष्ट्रार एनआईबिएल क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस