aarthiknews.com शुक्रबार, १९ जेठ २०८०   Friday, 02 June, 2023
 

शेयर बजारमा झिनो अंकको वृद्धि, कारोबार रकममा भने गिरावट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ चैत्र २०७९
शेयर बजारमा झिनो अंकको वृद्धि, कारोबार रकममा भने गिरावट
NIBL

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको चौथो कारोबारको दिन आज बुधबार पनि झिनो अंकले बढेको छ । आज नेप्से १.०२ अंकले बढेर एक हजार ९ सय १९ दशमलब ४२ विन्दुमा पुगेको छ । 

त्यस्तै, आज एक अर्ब पनि कारोबार रकम पुगेको छैन । आज ८१ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ८७ कम्पनीको शेयरमूल्य बढेको छ भने ११४ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै १५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।  

नेप्सेका अनुसार घटेको बजारमा दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज सुपरमाइ हाइड्रोपावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ४२०.४० रुपैयाँ पुगेको छ । कालिञ्चाको दर्शनको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता १८२.७० रुपैयाँ पुगेको छ ।    

नेप्सेका अनुसार खप्तड लघुवित्त वित्रीय संस्था लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ४ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआइसी एसियाको भएको छ । यस कम्पनीको आज ३ करोड ५६ लाख भन्दा बढीको कारोबार भएको छ ।                        
 

प्रतिक्रिया दिनुहोस