
एजेन्सी। बलिउडका चर्चित अभिनेता नवाजुद्दीन सिद्धिकीकी पत्नी आलियाले आफू र नवाज छिट्टै अलग हुने बताएकी छिन् । आलियाले नवाजले मिल्ने प्रस्ताव गरेको तर आफूले अस्वीकार गरेको पनि बताएकी छन् ।
वास्तवमा पत्नी आलिया र भाइ विरुद्ध मानहानीको मुद्दा दायर गर्दै १०० करोड क्षतिपूर्तिको माग गरेपछि नवाजुद्दीनले आलियालाई सम्झौताको प्रस्ताव गरेका थिए ।
नवाजुद्दीन सिद्धिकी र उनकी पूर्व पत्नी आलियाबीच लामो समयदेखि विवाद छ । नवाजुद्दीनले आलियाका वकिल रिजवान सिद्धिकीलाई सम्झौताको लागि प्रस्ताव पठाएका थिए । मिडियासँग कुरा गर्दै आलियाले नवाजुद्दीनसँग डिभोर्स लिने र छोराछोरीको पालनपोषणका लागि पनि लड्ने बताएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।
नवाजले छोराछोरीको हेरचाहको पनि माग गरेका छन्, तर म यो हुन दिन्न। आलियाले थप भनिन्, ‘मेरा दुवै छोराछोरी मसँग बस्न चाहन्छन्, उनीहरूसँग होइन ।
केही दिनअघि आलियाले नवाजले उनलाई अँधेरीस्थित आफ्नो बङ्गलाबाट निकालेको बताएकी थिइन् । आलियाले अहिले आफू भाडामा रहेको अपार्टमेन्टमा बस्दै आएको र मार्च ३० सम्म सो खाली गर्नुपर्ने बताइन् । मुद्दाका कारण अर्को अपार्टमेन्ट पाउन मुस्किल परेको उनले बताएकी थिइन्।
आलियाले आफ्ना छोराछोरीसँग धेरै पैसा नभएकाले विद्यालय नपठाएको बताइन् । तर, उनले आफ्ना छोराछोरीलाई विभिन्न क्रियाकलापमा व्यस्त राखेकी छिन् । उनले सम्बन्ध विच्छेदपछि आफ्नो नाम परिवर्तन गर्ने बताएकी छन् । आलियाको मूल नाम अञ्जना किशोर पाण्डे हो ।
विगतमा मिडियासँग कुरा गर्दै आलियाका वकिलले भने– नवाजुद्दीन सिद्धिकीले आफ्नो वकिलको सहयोगमा मलाई सेटलमेन्ट पेपर पठाएका छन् । दुई पक्षबिच चलिरहेको विवाद समाधान गर्न म सक्दो प्रयास गरिरहेको छु ।
साथै, आमाबाबुको रूपमा दुवै पक्षले आफ्ना छोराछोरीलाई ध्यानमा राखेर कुनै पनि निर्णय लिनुपर्छ। मिलाउन चाहनुहुन्छ भने मानहानीको मुद्दा फिर्ता लिनुपर्छ । नवाजुद्दीनको मानहानीको मुद्दाको सुनुवाइ मार्च ३० मा हुने भएको छ । नवाजुद्दीनले याचिकामा भाइ र श्रीमती आलियाको बयान, सामाजिक सञ्जाल सामग्रीमाथि प्रतिबन्ध लगाउन माग गरेका छन् । उनले श्रीमती र भाइले लिखित माफी माग्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस