व्यापार घाटा कम गर्ने मुख्य आधार घरेलु उद्योग - Aarthiknews
aarthiknews.com शुक्रबार, ०१ कार्तिक २०७६   Friday, 18 October, 2019
 
Bajaj_Bike

व्यापार घाटा कम गर्ने मुख्य आधार घरेलु उद्योग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ भदौ २०७६
Sunrise bank
व्यापार घाटा कम गर्ने मुख्य आधार घरेलु उद्योग
LBEF
NCH-IPS

काठमाडौं । मुलुकले व्यहोर्दै आएको व्यापार घाटालाई कम गर्ने मुख्य आधार लघु, घरेलु तथा साना उद्योग भएको सरोकारवालाहरुले जोड दिएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघले महासंघको सचिवालयमा आयोजना गरेको नेपाल सरकारले विभिन्न मुलुकहरुका लागि नियुक्त गरेका नवनियुक्त महावाणिज्यदूत र राजदूतहरुसँगको स्वागत तथा भेटघाटमा उनीहरुले मुलुकमा चुलिँदै गएको व्यापार घाटा कम गर्न लघु, घरेलु तथा साना उद्योगहरुलाई प्रवद्र्घन गर्नुपर्नेमा जोड दिएका हुन् । आफुहरुले काम गर्ने मुलुकमा साना उद्योगीका नेपाली उत्पादन र वस्तुहरुको प्रवद्र्घन सघाउने प्रतिवद्घता उनीहरुले व्यक्त गरेका हुन् ।

कतारका लागि नेपाली राजदूत नारद भारद्घाजले कतारमा अन्य मुलकको तुलनामा नेपाली पहिचान बोकेका वस्तुको मूल्य र महत्व उच्च रहेको भन्दै घरेलु उद्योगलाई प्रतिष्पर्धी बनाउन आग्रह गर्नुभयो ।लघु, घरेलु तथा साना उद्योगीहरुकै प्रतिनिधि भएर कार्य क्षेत्रमा खटिने भन्दै उहाँले यस्ता उद्योगहरुको उत्पादकत्व र क्षमता बढाएर महत्वपूर्ण क्षेत्र पहिचान गर्न आग्रह गर्नुभयो ।


ग्वाङझाउका लागि महावाणिज्यदूत हरिशरण पुडासैनीले आफनो काम नै निर्यात व्यापारमा सघाउने भएको भन्दै परम्परागत नेपाली पहिचान बोकेका घरेलु उद्योगका उत्पादनको बजारीकरणका लागि लागिपर्ने बताउनुभयो ।आयात गरिएका कच्चा पदार्थ भन्दा पनि स्थानीय कच्चा पदार्थमा आधारीत उत्पादनमा ध्यान दिन आग्रह गर्दै उहाँले उत्पादनको गुणस्तरसँगै उत्पादकत्व बढाउन पनि आग्रह गर्नुभयो ।

झण्डै ७० प्रतिशत निर्यातको हिस्सा ओगट्ने घरेलु उद्योगहरुको उत्पादनलाई विश्व बजारमा प्रचार प्रसार गर्ने आफुहरुको प्रमुख जिम्मेवारी रहेको उहाँहरुको भनाई थियो ।महासंघका अध्यक्ष श्याम प्रसाद गिरीले नवनियुक्त राजदूत र महावाणिज्यदूतहरुलाई स्वागत गर्दै ती दुई देशमा नेपालको निर्यात व्यापार बृद्धि गर्न, त्यहाँका बढी भन्दा बढी पर्यटक नेपाल भित्र्याउन र नेपालमा रहेका घरेलु तथा साना उद्योगलाई आवश्यक उन्नत प्रविधि भित्र्याउन विशेष पहल हुने अपेक्षा गर्दै सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नुभयो ।

मुलुकमा चुलिँदै गएको व्यापार घाटा कम गर्न आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने उत्पादन मुलक उद्यम व्यवसायको प्रवद्र्धन गर्नुपर्ने मुख्य चुनौती रहेको भन्दै यस्तो चुनौतीको सामना गर्न लघु, घरेलु तथा साना उद्योगहरुको विकास र प्रवद्र्धन गर्न आवश्यक भएकोमा उहाँले जोड दिनुभयो । यस्ता उत्पादनहरुको अन्तराष्ट्रिय बजारीकरणका लागि नेपालबाट प्रतिनिधित्व गरेर जाने महावाणिज्यदूत र पर्यटनदूतहरुले आ–आफ्नो कार्यक्षेत्रमा आर्थिक कुटनीतिको भूमिका खेल्ने अपेक्षा उहाँले व्यक्त गर्नुभयो ।
 

प्रतिक्रिया दिनुहोस

\n" + " \n" + " \n" + " \n" + " \n" + " \n" + " \n"; $(".news-desc p:first").after(iLandAd); });