aarthiknews.com शुक्रबार, १९ जेठ २०८०   Friday, 02 June, 2023
 

सिभिल लघुवित्तद्वारा एक पीडितको ऋण मिनाहा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १५ चैत्र २०७९
सिभिल लघुवित्तद्वारा एक पीडितको ऋण मिनाहा
NIBL

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कनकपुर रौतहटले बिमा दाबी रकम भुक्तानी गरेको छ । रौतहट जिल्ला गुजरा नपा वडा नं.५, इस्लामपुर टोलमा रहेको केन्द्र नं. ८९ कि सदस्य मोमीना खातुनको श्रीमान शेख सफरुदिनको मृत्यु पश्चात बीमाको क्षतिपूर्ति रकम उपलब्ध गराइएको हो ।

मोमीना खातुनले संस्थाबाट ७५ लाख रुपैयाँ कर्जा लिएकोमा उनका श्रीमानको मृत्यु पश्चात संस्थाको नियमानुसार कर्जाको साँवा र ब्याज मिनाहा गरिएको छ ।

जसमा कर्जा बीमा अन्तर्गत श्रीमानको मृत्यु पश्चात दिइने काजक्रिया खर्च २२ हजार पाँच सय रुपैयाँ तथा तिरेको किस्ता रकम ४० हजार पाँच सय रुपैयाँ समेत फिर्ता गरी जम्मा रकम ६३ हजार रुपैयाँ निज सदस्यलाई एकमुष्ट भुक्तानी गरिएको  संस्थाका शाखा प्रबन्धक कुन्दन प्रसाद कुशवाहाले बताए ।

संस्थाले आफ्ना ग्राहक सदस्यहरूको हित तथा संरक्षण गर्न र ग्राहक सदस्यहरूलाई आपतकालिन अवस्थामा सहयोग पुर्‍याउने उद्देश्य अनुरूप आवश्यकता अनुसार विभिन्न कार्यक्रम तथा सहयोग रकम प्रदान गर्दै आइरहेको छ ।  

प्रतिक्रिया दिनुहोस