
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक तर्फको १९ प्रतिशत शेयर स्वामित्व सर्वसाधारणमा परिणत गर्ने भएको छ । कम्पनीले हाल कायम ७० प्रतिशत संस्थापक तर्फको शेयर स्वामित्व ५१ प्रतिशतमा झार्न लागेको हो ।
संस्थापक तर्फको शेयर स्वामित्व घट्ने भएसँगै कम्पनीको सर्वसाधारणतर्फको हाल कायम ३० प्रतिशत शेयर स्वामित्व ४९ प्रतिशत कायम हुनेछ । हाल कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ३४ करोड २८ लाख ५५ हजार पुगेको छ । कम्पनीे यस वर्ष रू. २ अर्ब १५ करोड चुक्तापूँजीको आधारमा ८ दशमलव ९७ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव माघ २६ गते समपन्न वार्षिक साधारण सभाबाट पारित गरेको हो ।
बोनस शेयर सूचीकृत हुन बाँकी रहेको छ । सोही सभाबाट कम्पनीले शेयर संरचना परिवर्तको प्रस्ताव समेत पारित गरेको थियो । आफ्नो स्वामित्वको संस्थापक शेयर सर्वसाधारणमा परिणत गर्न नचाहने सदस्यहरूले आगामी सातदिभित्र कम्पनीमा जानकारी गराउनुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस