aarthiknews.com सोमबार, १५ जेठ २०८०   Monday, 29 May, 2023
 

भुटानविरुद्ध नेपालको बराबरी प्रदर्शन, फाइनलमा प्रवेश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ चैत्र २०७९
Prabhu Bank
भुटानविरुद्ध नेपालको बराबरी प्रदर्शन, फाइनलमा प्रवेश
NIBL

काठमाडौं । प्रधानमन्त्री थ्रि नेशन्स कप फुटबलमा भुटानसँग १–१ गोलको बराबरी खेल्दै नेपाल फाइनलमा प्रवेश गरेको छ । आज साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा भुटानसँग १–१ गोलको रोमाञ्चक बराबरी खेल्दै घरेलु टोली नेपालले लाओससँग उपाधि भिडन्त तय गरेको हो ।

खेलको १९ औँ मिनेटमा भुटानका लागि तेञ्जिङ नोर्बुले हेडमार्फत गोल गर्दै निकै दबाबमा राखे पनि नेपालले खेलको अन्तिम समयमा गोलको खडेरी तोडेको थियो ।

खेलको ९० औँ मिनेटमा दिपकराजसिंह ठकुरीले नेपालका लागि हेडरबाटै बराबरी गोल गर्दै फाइनलमा स्थान सुरक्षित गरे । नेपालको बराबरीसँगै लाओस पनि फाइनलमा पुगेको छ। अब उपाधिका लागि नेपालले १७ गते लाओससँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस