
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले निम्न आय भएका उपभोक्ताको हितलाई ध्यानमा राखेर सरकारले एलपी ग्यास सहुलियत दरमा उपलब्ध गराउने तयारी गरेको जानकारी दिएका छन् ।
बुधबार काठमाडौंमा आयोजित नेपाल एलपी ग्यास उद्योग संघको २४औं वार्षिक साधारण सभामा मन्त्री यादवले आर्थिक रुपले सम्पन्न नागरिकलाई एलपी ग्यासको मूल्य बढाएर भए पनि निम्न आय भएका नागरिकलाई सहुलियत दरमा ग्यास उपलब्ध गराउने तयारी भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस