
काठमाडौं । स्किल सेवाले घर निर्माण सम्बन्धि एक दिवसीय निःशुल्क प्रावधिक परामर्श सेवा दिने भएको छ । चैत्र १८ गते शनिबार दिउसो १२ बजे स्किल सेवाको प्रधान कार्यालय बबरमहल काठमाडौमा प्राविधिक परामर्श सेवा प्रदान गरिने भएको हो ।
घर निर्माण मात्र नभई समस्या रहित, दिगो, सुरक्षित घर कसरी निर्माण गर्ने भन्नेबारेमा विशेष परामर्श सेवा दिइने कम्पनीले जनाएको छ । पछिल्लो समय घर निर्माण गर्नु सपना, मान सम्मान, प्रतिष्ठा र सौखको विषय बनेको कम्पनीका प्रबन्धक रमेश तिमिल्सिना बताए ।
जीवन भरको मेहनतको कमाईले घर निर्माण गरिने र घर निर्माण सम्पन्न भएको ५महिना नबित्दै घरमा सिपेज, भित्ता चर्कर्ने, पेन्ट उप्कने आदि जस्ता विविध समस्यादेखिने गरेका छन । यस्ता विषय वस्तुको बारेमा विस्तृत प्राविधिक परामर्श सेवा दिइने भएको हो ।
घर निर्माण गर्ने योजना भएका वा घर निर्माण गरी रहेको वर्ग परामर्श सेवाबाट फाइदा लिनसक्ने कम्पनीले जनाएको छ । घर निर्माण गर्दा जग्गा छनौट, नक्सापास, निर्माण कार्यको जिम्मा, निर्माण सामग्री छनौट, निर्माण सामग्रीको गुणस्तर आदि जस्ता सामान्य तर संवेदनशील कुरामा दिध्यान दिन अतिआवश्यक हुने गर्दछ । यदि घर निर्माण गर्दा यस्ता कुरामा ध्यान दिन सकेनौ भने यसले भविष्यमा ठूलो दुर्घटना निम्त्याउन पनि सक्छ ।
काठमाडौ उपत्यकाका अतिरिक्त पोखरा, चितवन, बुटवलबाट समेत आफनो सेवा दिइरहेको छ । स्किल सेवा हालसम्म २२ हजारभन्दा बढी घरहरुको इन्सपेक्सन एंव मर्मत सम्भार गरीसकेको छ भने विभिन्न ठाउमा थुप्रै संख्यामा समस्या रहित घर निर्माण सम्पन्न गरीसकेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस