aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

दुई नयाँ म्युचुअल फण्डको इकाई निष्कासन गर्न सेबोनको स्वीकृति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १४ चैत्र २०७९
दुई नयाँ म्युचुअल फण्डको इकाई निष्कासन गर्न सेबोनको स्वीकृति
NIBL

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले दुई नयाँ म्युचुअल फण्डलाई इकाई निष्कासन गर्न स्वीकृति दिएको छ । सिटिजन्स सुपर ३० म्युचुअल फण्ड र आरविवि म्युचुअल फण्ड २ ले इकाई निष्कासन गर्न अनुमति पाएका हुन् । 

सिटजिन्स म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा आउने सिटिजन्स सुपर ३० म्युचुअल फण्डले १० करोड इकाई निष्कासन गर्नका लागि चैत ५ गते स्वीकृति पाएको हो । कोष प्रवद्र्धक सिटिजन्स बैंक र योजना व्यवस्थापक सिबिआईएल क्यापिटल लिमिटेड रहेका छन् । स्वीकृति पाएसँगै यो योजनाले रू. १० अंकित दरका कुल १० करोड बराबरको इकाई विक्री खुला गर्नेछ । 

त्यस्तै आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा आउने आरविवि म्युचुअल फण्ड २ योजनाले १२ करोड इकाई निष्कासन गर्न चैत ५ गते स्वीकृति पाएको हो । कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंक र योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड रहेका छन् । स्वीकृति पाएसँगै योजनाले रू. १० अंकित दरका कुल १२ करोड बराबरको इकाई बिक्री खुला गर्नेछ । यी दुवै बन्दमुखी योजना हुन् ।
 

प्रतिक्रिया दिनुहोस