लगातार चौथो दिन नेप्सेमा गिरावट - Aarthiknews
aarthiknews.com मंगलबार, ०५ कार्तिक २०७६   Tuesday, 22 October, 2019
 
Bajaj_Bike

लगातार चौथो दिन नेप्सेमा गिरावट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ भदौ २०७६
Sunrise bank
लगातार चौथो दिन नेप्सेमा गिरावट
LBEF

काठमाडौं । लगातार चौथो दिन बुधबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा गिरावट आएको छ । आज नेप्से परिसूचक ३.४६ अंकले घटेर ११६३.२१ बिन्दूमा झरेको छ । कुल १७१ कम्पनीको १५ लाखभन्दा बढी कित्ता शेयर ३४ करोड १७ लाख रुपैयाँभन्दा बढीमा किनबेच भएको नेप्सेले जनाएको छ । समग्र परिसूचकमा गिरावट आए पनि घलेम्दी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब साढे ४ प्रतिशतले बढेको छ । तर, नबिल इक्वियुटी फन्डका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यसको शेयर साढे ६ प्रतिशतभन्दा बढीले घटेको छ । 
यस दिन सबैभन्दा बढी सोल्टी होटलको शेयर किनबेच भएको छ । यस कम्पनीको  साढे चार करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । आज सामूहिक लगानी कोष समूहबाहेकसबै समूहको परिसूचकमा गिरावट आएको छ । 
 

प्रतिक्रिया दिनुहोस