
काठमाडौं । साबिकको सगरमाथा इन्स्योरेन्सको सिइओ चंकी क्षेत्रीले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) को रूपमा काम गर्न स्वीकृति पाएका छन्। क्षेत्रीले नेपाल बीमा प्राधिकरणबाट यस्तो स्वीकृति पाएका हुन् ।
प्राधिकरणले उनलाई चैत १३ गते सोमबार सलिकोको सिइओ बन्नको लागि ढोका खोली दिएको हो । क्षेत्रीलाई साबिकको सगरमाथा र लुम्बिनी जनरल एक आपसमा मर्ज भएसँगै बनेको सलिकोको सीईओमा ४ वर्षको लागी नियुक्त गरिएको थियो । नयाँ सञ्चालक समितिले गत फागुन २९ गते नै क्षेत्रीलाई सीईओमा नियुक्त गरेको थियो ।
त्यसपछि उनको नियुक्तिको स्वीकृतिका लागि प्राधिकरणमा पठाइएको थियो । दुई कम्पनीले एकीकृत कारोबार गरेको करिब तीन सातापछि प्राधिकरणले स्वीकृति दिएको छ ।
क्षेत्रीसँग बीमा क्षेत्रमा काम गरेको लामो अनुभव छ। उनी निर्जीवन बीमा कम्पनीका सीईओहरुको छाता सङ्गठन नेपाल बीमक संघका अध्यक्ष समेत हुन् ।
प्रतिक्रिया दिनुहोस