aarthiknews.com शुक्रबार, २६ जेठ २०८०   Friday, 09 June, 2023
 

राष्ट्र बैंकद्धारा नेशनल माइक्रोफाइनान्सको लाभांश दोस्रो पटक संशोधन, कति दिदैछ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ चैत्र २०७९
राष्ट्र बैंकद्धारा नेशनल माइक्रोफाइनान्सको लाभांश दोस्रो पटक संशोधन, कति दिदैछ ?
NIBL

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश दोस्रो पटक संशोधन भएको छ । नेपाल राष्ट्र बैंकले कम्पनीले गत आवको मुनाफाबाट प्रस्ताव गरेको लाभांश दोस्रो पटक संशोधन गरेको हो ।

कम्पनीले पहिलो पटक प्रस्ताव गरिएको ३८ दशमलव ४५ प्रतिशत  बोनस शेयर नेपाल राष्ट्र बैंकले अस्वीकृत गरेपछी कम्पनीले संशोधन गरेको थियो। त्यसपछी शेयरधनीलाई हाल कायम चुक्ता पुँजी ५८ करोड ६६ लाख ७४ हजार ९७३ रुपैयाँको ३४ दशमलव ४५ प्रतिशत लाभांश दिने निर्णय गरेको थियो ।

फेरी उक्त लाभांशलाई पनि राष्ट्र बैंकले संशोधन गरी कम्पनीको चैत १२ गते बसेको संचालक समितिको बैठकले कायम चुक्तापुँजीको १५ प्रतिशत बोनस शेयर वितरण गर्न अनुमती दिने निर्णय गरेको छ । उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्रै शेयरधनीहरुमा वितरण हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस