aarthiknews.com सोमबार, १५ जेठ २०८०   Monday, 29 May, 2023
 

सन्दीप विरुद्धको मुद्धामा आजदेखि अन्तिम सुनुवाइ हुँदै, कति छ जेल जाने सम्भावना ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ चैत्र २०७९
Prabhu Bank
सन्दीप विरुद्धको मुद्धामा आजदेखि अन्तिम सुनुवाइ हुँदै, कति छ जेल जाने सम्भावना ?
NIBL

काठमाडैं । नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने विरुद्धको मुद्धामा आजदेखि अन्तिम सुनुवाइ सुरु हुने भएको छ । किशोरीमाथि जबरजस्ती करणी गरेको अभियोगमा मुद्धा लागेका लामिछानेको प्रकरणमा काठमाडौं जिल्ला अदालतमा अन्तिम सुनुवाइ हुने भएको हो ।

सर्वोच्च अदालतले लामिछाने विरुद्धको मुद्धा फस्ट ट्रयाबाट टुंगो लगाउन आदेश दिएपछि जिल्ला अदालतले यो मुद्धाको अन्तिम सुनुवाइ गर्न लागेको छ । 

लामिछानेले गत भदौ ५ को राति सिनामंगलस्थित एक होटलमा लगेर पटकपटक बलात्कार गरेको भन्दै एक किशोरीले भदौ २१ गते महानगरीय प्रहरी बृत्त गौसालामा जाहेरी दिएकी थिइन् । सोही जाहेरीका आधारमा प्रहरीले लामिछानेलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिई २४ गते काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो ।  

कात्तिक १८ गते जिल्ला अदालतले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।

तर, जिल्लाको आदेशविरुद्ध सन्दीप उच्च अदालत पाटन पुगेका थिए । पुनरावेदन सुनुवाइमा उच्च अदालतले सन्दीपलाई विदेश जान नपाउनेसहित विभिन्न सर्त राखेर २० लाख धरौटीमा रिहा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस