aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

अमेरिकी सेनाको २२ सदस्यीय टोली किन आयो काठमाडौं ? भोलिदेखि नेपाली सेनासँग वार्ता गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ चैत्र २०७९
अमेरिकी सेनाको २२ सदस्यीय टोली किन आयो काठमाडौं ? भोलिदेखि नेपाली सेनासँग वार्ता गर्दै
NIBL

काठमाडौं । नेपाली सेना र अमेरिकी सेनाबीच सोमबारदेखि तीनदिने छलफल सुरु हुने भएको छ । काठमाडौंमा चैत १३ देखि १५ गतेसम्म हुने द्विपक्षीय सैन्य छलफलमा सहभागी हुन २२ सदस्यीय अमेरिकी सेनाको टोली काठमाडौं आइपुगेको छ। 

यस्तो छलफल सन् २०१८ देखि हरेक वर्ष आयोजना हुँदै आएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए । गत वर्ष अमेरिकाको हवाईमा बैठक बसेको थियो । 

यसपटकको छलफल शान्ति सुरक्षा, मानवीय सहायता, विपद व्यवस्थापन र विषयवस्तु विज्ञताको आदान प्रदानमा केन्द्रित हुने नेपाली सेनाले जनाएको छ । 

अमेरिकी सेनासँग हुने छलफलको सम्पूर्ण तयारी पूरा भइसकेको सेनाले जनाएको छ । छलफलमा नेपालको तर्फबाट परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय र रक्षा मन्त्रालयका सहसचिव र उपसचिवसहित नेपाली सेनाका उपरथीको नेतृत्वमा १४ सदस्यीय टोली सहभागी हुनेछन् । 

अमेरिकी सेनाको प्यासिफिक कमाण्डका डेपुटी कमाण्डर मेजर जनरल क्रिस्टोफर स्मिथको कमाण्डमा २२ सदस्यीय टोली सहभागी हुनेछन् । नेपाली टोलीको नेतृत्व उपरथी अशोकराज सिग्देलले गर्ने तय भएको छ।

प्रतिक्रिया दिनुहोस