
काठमाडौ । हिमाल आरोहणको सिजन शुरु भएसँगै ६८ जना पर्यटकले अनुमति लिएका छन् । यस वर्षको बसन्त ऋतुमा हिमाल आरोहणका लागि २९ देशका ६८ जनाले अनुमति लिएका हुन् ।
पर्यटन विभागका अनुसार यो सिजनमा ६ वटा हिमाल आरोहणका लागि पर्यटकहरुले अनुमति लिएका छन् । जसबाट तीन करोड ५२ लाख ८५ हजार ७३० रुपैयाँ रोयल्टी संकलन भएको छ ।
विभागका अनुसार यो सिजनमा सुर्मा सरोवर आरोहणका लागि २ जनाले अनुमति लिएका छन् । जसबाट एक लाख पाँच हजार ३२० रुपैयाँ रोयल्टी संकलन भएको छ ।
त्यस्तै, यो सिजनमा अन्नपूर्ण आरोहणका लागि सबैभन्दा बढी ३४ जनाले अनुमति लिएका छन् । जसमा १२ जना महिला र २२ जना पुरुष रहेका छन् । करोड १६ लाख ७ हजार ६६० रुपैयाँ रोयल्टी संकलन भएको छ । त्यसैगरी, पांग्री गोल्डुम्बा आरोहण लागि अनुमति लिएका ६ जनाबाट तीन लाख १६ हजार ४४० रुपैयाँ रोयल्टी संकलन भएको छ।
मनास्लु हिमाल आरोहण लागि अनुमति लिएका ६ जनाबाट १४ लाख ११ हजार ५६० रुपैयाँ र थोरोङ पिक आरोहणका लागि अनुमति लिएका ५ जनाबाट एक लाख ६३ हजार ७५० रुपैयाँ रोयल्टी संकलन भएको विभागले जनाएको छ ।
विभागका अनुसार सगरमाथा हिमाल आरोहणका लागि ८ देशका १५ जना पर्यटकले अनुमति लिएका छन् । जसमा ५ महिला र १० पुरुष रहेका छन् । आरोहणको अनुमति लिएकाहरुबाट २ करोड १६ लाख ८१ हजार रुपैयाँ रोयल्टी संकलन भएको छ ।
प्रतिक्रिया दिनुहोस