aarthiknews.com आइतबार, १४ जेठ २०८०   Sunday, 28 May, 2023
 

पुरा भएन महुली लघुवित्तको २५ प्रतिशत लाभांश बाँड्ने रहर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ चैत्र २०७९
Prabhu Bank
पुरा भएन महुली लघुवित्तको २५ प्रतिशत लाभांश बाँड्ने रहर
NIBL

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई नेपाल राष्ट्र बैंकले १५ प्रतिशत मात्र लाभांश वितरण गर्न स्वीकृति प्रदान गरेको छ ।  कम्पनीको पुस २५ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

कम्पनीले हाल कायम चुक्तापूँजी रू. २८ करोड २१ लाख ६९ हजारको आधारमा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको कम्पनीलाई राष्ट्र बैंकले भने बोनस शेयर र नगद समेत गरी कल १५ प्रतिशत लाभांश वितरणको लागि स्वीकृति प्रदान गरेको हो ।

चैत १० गते राष्ट्र बैंकले कम्पनीलाई लाभांश समेत गत आर्थिक वर्षको वित्तीय विवरण समेत आगामी साधारण सभाबाट पारित गराउन अनुमति दिएको हो । गत वर्ष कम्पनीले २६ प्रतिशत बोनस मात्र वितरण गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस