aarthiknews.com शुक्रबार, १९ जेठ २०८०   Friday, 02 June, 2023
 

१० के रोड रेसको उपाधि आर्मीका मुकेश पाल र नेपाल पुलिसकी राजपुरा पछाइलाई

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ११ चैत्र २०७९
१० के रोड रेसको उपाधि आर्मीका मुकेश पाल र नेपाल पुलिसकी राजपुरा पछाइलाई
NIBL

काठमाडौं । त्रिभुवन आर्मीका मुकेश पाल र नेपाल पुलिसकी राजपुरा पछाईले चौंथो वीर गणेशमान सिंह १० के रोड रेसको उपाधि जितेका छन् । शनिबार काठमाडौंको दरबारमार्गमा आयोजित प्रतियोगितामा पुरुषतर्फ मुकेश र महिलातर्फ राजपुरा च्याम्पियन बनेका हुन् । 

मुकेशले निर्धारित दुरी ३१ मिनेट २१.७६ सेकेण्डमा पूरा गर्दै उपाधि जितेका हुन् । एपीएफका गोपीचन्द्र पार्की दोस्रो स्थानमा रहे । 

साविक विजेता गोपीले ३१ मिनेट ३८.६८ सेकेण्ड दौड पूरा गरे । तेस्रो भएका आर्मीका दीपक अधिकारीले ३१ मिनेट ४७.४२ सेकेण्डमा दौड पूरा गरे ।

महिलातर्फ उपाधि जित्ने क्रममा राजपुराले कोर्स रेकर्डसहित ३६ मिनेट ४३.२ सेकेण्डमा दौड पूरा गरिन् । पुलिसकै राममाया बुढाले ३७ मिनेट ५४.१५ सेकेण्डको समय निकाल्दै दोस्रो स्थान हासिल गरिन् । 

तेस्रो स्थानमा रहेकी एपीएफकी पुष्पा भण्डारीले ३८ मिनेट २६.०३ सेकेण्डमा दौड पूरा गरिन् । प्रतियोगिताको महिला र पुरुष विजेताले ६० हजार, उपविजेताले ३० हजार र तेस्रोले १५ हजार प्राप्त गरेका छन् । चौंथोले १० हजार र पाँचौंले ५ हजार प्राप्त गरेका छन् । कोर्स रेकर्ड बनाएका राजपुराले थप १० हजार प्राप्त गरिन् ।

प्रतिक्रिया दिनुहोस