aarthiknews.com शुक्रबार, १९ जेठ २०८०   Friday, 02 June, 2023
 

आज मधेश बाहेक सबै प्रदेशमा पानी पर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ११ चैत्र २०७९
आज मधेश बाहेक सबै प्रदेशमा पानी पर्ने
NIBL

काठमाडौं । देशका धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा आज मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार स्थानीयसँगै पश्चिमी वायुको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत बागमती र कोसी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका थोरै तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना  छ ।

राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रही कोसी, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ ।

प्रतिक्रिया दिनुहोस