
काठमाडौ । शुक्रबार सार्वजनिक नतिजा अनुसार देशका ७७ जिल्लामध्ये सबैभन्दा बढी जनसंख्या भएको जिल्ला काठमाडौ रहेको छ ।
यस्तै कम जनसंख्या भएको जिल्ला मनाङ हो । शुक्रबार सार्वजनिक २०७८ सालको जनगणनाको अन्तिम नतिजाअनुसार जिल्लागत रुपमा काठमाडौं जनसंख्या २० लाख ४१ हजार ५८७ पुग्दा मनाङको जनसंख्या तीन हजार १९२ रहेको छ ।
जनसंख्या बढी भएका पाँच जिल्ला
२०७८ सालको जनगणनाको सार्वजनिक नतिजाअनुसार सबैभन्दा बढी जनसंख्या भएको जिल्ला काठमाडौं हो । जसको जनसंख्या वृद्धिद्धर १।५१ प्रतिशत रहेको छ । २०७८ सालको जनगणनाको तथ्यांक अनुसार काठमाडौंको जनसंख्या २० लाख ४१ हजार ५८७ रहेको छ। यो कुल जनसंख्याको ७ प्रतिशत हो ।
यस्तै दोस्रो ठूलो जनसंख्या भएको जिल्लामा मोरङ रहेको छ । जहाँको जनसंख्या वृद्धिदर १.६६ प्रतिशत रहेको छ । सार्वजनिक नतिजाअनुसार मोरङ जिल्लाको जनसंख्या ११ लाख ४८ हजार १५६ रहेको छ । यो कुल जनसंख्याको ३।.९४ प्रतिशत हो ।
तेस्रो धेरै जनसंख्या हुने जिल्लामा रुपन्देही रहेको छ । जसको वृद्धिदर २.३३ प्रतिशत छ। सार्वजनिक नतिजाअनुसार रुपन्देही जिल्लाको जनसंख्या ११ लाख २१ हजार ९५७ रहेको छ । यो कुल जनसंख्याको ३.८५ प्रतिशत हो ।
चौंथो धेरै जनसंख्या हुने जिल्लामा झापा रहेको छ । जसको वृद्धिदर १.९७ प्रतिशत रहेको छ । सार्वजनिक परिणामअनुसार झापाको जनसंख्या नौ लाख ९८ हजार ५४ रहेको छ ।
पाँचौ धेरै जनसंख्या भएको जिल्लामा सुनसरी रहेको छ । जसको वृद्धिदर १.८६ प्रतिशत रहेको छ । सार्वजनिक परिणामअनुसार सुनसरीको जनसंख्या नौ लाख २६ हजार ९६२ रहेको छ ।
प्रतिक्रिया दिनुहोस