aarthiknews.com आइतबार, ०७ असोज २०८०   Sunday, 24 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

नेपालमै उत्पादन हुन लागेको ग्रन्थ ईभीको मूल्य बढाउन ठूला कम्पनीको दबाब

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० चैत्र २०७९
himalayanlife
नेपालमै उत्पादन हुन लागेको ग्रन्थ ईभीको मूल्य बढाउन ठूला कम्पनीको दबाब
DHI
NIBL

काठमाडौं । नेपालमै उत्पादन हुने तयारीमा रहेको विद्युतीय स्कुटर ग्रन्थको मूल्यलाई लिएर केही कम्पनीहरूले दबाब दिएका छन् । बजारमा रहेका केही स्कुटर कम्पनीहरूले ग्रन्थ ईभीको मूल्य कम भएको र त्यसलाई बढाउन दबाब दिएका हुन् । 

अन्य भन्दा सस्तो मूल्यमा गुणस्तरीय विद्युतीय स्कुटर उत्पादन गर्ने तयारीमा रहेको ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालि वैशाखदेखि ग्रन्थ ईभी नेपालमै उत्पादन गर्ने गरी काम अगाडि बढाएको छ । 

तर काम अन्तिम चरणमा पुग्दा स्कुटरको मूल्य बढाउन ठूला कम्पनीले नै दबाब दिन थालेका छन् । ग्रन्थ ईभीले साढे २ लाखदेखि ३ लाख रूपैयाँमा उच्चस्तरीय सुविधासहितको विद्युतीय स्टकुर प्रदान गर्ने जनाएको छ । 

‘साढे  २ लाखदेखि ३ लाख रूपैयाँमा विद्युतीय स्टकुटर दिने तयारी गरेका छौं,’ कम्पनीले विज्ञप्तीमा भनेको छ, ‘तर बजारमा उपलब्ध अन्य स्कुटर बिक्री गर्ने कम्पनीले आफ्नो जत्तिकै मूल्य राख्न दबाब दिएका छन् ।’ 

यदी आफ्नो स्कुटरहरूको मूल्य अनुसार ग्रन्थ ईभीको मूल्य नराखे उद्योगमा गार्‍हो हुने भन्दै घुमाउरो पारामा घम्की दिइरहेका छन् । विशेष गरी बैंकमा सञ्चालक रहेका व्यक्तिको स्कुटर कम्पनीबाटै दबाब आएको छ । बजारमा उपलब्ध अन्य स्कुटर भन्दा ग्रन्थ ईभी १ लाख सस्तो रहेको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस