aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

कुमारी इक्वीटी फण्ड फागुनमा १ करोडभन्दा बढी नोक्सानीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १० चैत्र २०७९
कुमारी इक्वीटी फण्ड फागुनमा १ करोडभन्दा बढी नोक्सानीमा
NIBL

काठमाडौं । कुमारी इक्वीटी फण्ड फागुन महिनामा रू. १ करोड ४ लाखभन्दा बढी नोक्सानीमा रहेको छ । माघ मसान्तसम्म रू. ४ करोड ९५ लाखभन्दा बढी नाफामा रहेको कम्पनी फागुन महिनामा भने खर्च बढेका कारण नोक्सानीमा गएको हो । 

फागुनमा योजनाले रू. २२ लाख ५९ लाखभन्दा बढी आम्दानी गरेको योजनाले रू. १ करोड २७ लाखभन्दा बढी खर्च गरेको छ । माघ महिनामा भने योजनाले रू. ६ करोड ७ लाखभन्दा बढी आम्दानी गरेकोमा रू. १ करोड ११ लाखभन्दा बढी खर्च गरेको थियो ।

फागुन मसान्तसम्म योजनाले धितोपत्रमा कमिसन सहित रू. ९८ करोड ९१ लाखभन्दा बढी लगानी गरेको छ । योजनाले धितोपत्रमा गरेको लगानीको बजारमूल्य भने रू. ७७ करोड ११ लाखभन्दा बढी मात्र रहेको छ । यस अवधिसम्म योजनाले बैंक मुद्दती निक्षेपमा रू. ७ करोड लगानी गरेको छ । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजना २०७७ सालदेखि सञ्चालनमा रहेको छ । फागुन मसान्तसम्म योजनको प्रति इकाई खुद मूल्य रू. १० दशमलव २३ छ । यो मूल्य माघ मसान्तसम्म रू. १० दशमलव ८३ रहेको थियो । यस योजना सञ्चालनका लागि १० करोड इकाई जारी गरिएको थियो । 
 

प्रतिक्रिया दिनुहोस