aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

रोकिएन शेयर बजारको गिरावट, कारोबार रकममा भने सामान्य सुधार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ चैत्र २०७९
रोकिएन शेयर बजारको गिरावट, कारोबार रकममा भने सामान्य सुधार
NIBL

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको अन्तिम कारोबारको दिन आज बिहिबार दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से १८.१५ अंकले घटेर एक हजार ९ सय १५ दशमलब १४ विन्दुमा पुगेको हो । बुधबार नेप्से १५.७६ अंकले घटेर एक हजार ९ सय ३३ दशमलब २९ विन्दुमा बन्द भएको थियो ।

त्यस्तै, शेयर बजार घटेपनि कारोबार रकमा भने सामान्य सुधार देखिएको छ । आज नेप्सेमा एक अर्ब ४१ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । हिजो नेप्सेमा एक अर्ब ३३ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका २८ कम्पनीको शेयरमूल्य बढेको छ भने १७९ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसका साथै ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार घटेको बजारमा दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज मायाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३२१ रुपैयाँ पुगेको छ । यसका साथै एशियन हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ३२८ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार युनिक नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ७ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआईसी एशयिा बैंकको भएको छ । यस कम्पनीको आज २१ करोड ७४ लाख भन्दा बढीको कारोबार भएको छ ।           
 

प्रतिक्रिया दिनुहोस