aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

अमेरिकामा बैंक ब्याजदर १५ वर्षयता कै उच्च, विश्वभर पर्‍यो नकारात्मक प्रभाव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ चैत्र २०७९
अमेरिकामा बैंक ब्याजदर १५ वर्षयता कै उच्च, विश्वभर पर्‍यो नकारात्मक प्रभाव
NIBL

एजेन्सी। अमेरिकाको केन्द्रीय बैंक फेडले ब्याजदर शून्य दशमलव २५ आधार बिन्दुले बढाएको छ । योसँगै फेडरल रिजर्भको ब्याजदर अहिले ४ दशमलव ७५ रहेकोमा ५ प्रतिशत पुगेको छ । 

यसअघी यो स्तरमा ब्याजदर सन् २००८ को ग्लोबल फाइनान्स क्राइसिसको समयमा थियो। फेडले मार्च २०२२ देखि ९ पटक ब्याजदर बढाएको छ । केही दिनअघि युरोपेली केन्द्रीय बैङ्कले क्रेडिट सुइस बैंक सङ्कटपछि ब्याजदर शून्य दशमलव ५० प्रतिशतले बढाएको थियो ।

फेडले डिसेम्बरमा शून्य दशमलव ५० आधार बिन्दुले ब्याज दर बढाएको थियो। पहिले लगातार चार पटक शून्य दशमलव ७५ आधार बिन्दुले ब्याज दर बढाएको थियो। अमेरिकी फेडका अध्यक्ष पावेलले आवश्यक परेमा फेडका अधिकारीहरू अझै दर बढाउन तयार रहेको स्पष्ट रूपमा भनेका छन् ।

अमेरिका मात्र होइन, युरोपका बैंकहरू पनि यो सङ्कटको चपेटामा परेका छन् र सबैभन्दा खराब अवस्था क्रेडिट सुइस बैङ्कको छ । यसमा लगानीकर्ताको अर्बौं रुपैयाँ डुबेको छ । तर, यसलाई जोगाउने प्रयास निरन्तर भइरहेको छ। अन्य बैङ्कको कुरा गर्ने हो भने अमेरिकामा दुई बैंक डुबेपछि फर्स्ट रिपब्लिक बैंक सबैभन्दा जोखिममा छ ।

यसबाहेक आज डलरको मूल्यमा समेत विश्व बजारमा गिरावट आएको छ । डलरको परिसूचकमा आएको गिरावटका कारण आज सुन चाँदीको भाउ समेत बढेको छ । त्यसैगरी बढेको ब्याजदरको प्रभाव सेयर बजारमा पनि देखिएको छ । डाउ जोन्स ५०० भन्दा बढी अङ्कले घटेको छ । एसियाली बजार पनि आज बिहानै देखी  दबाबमा छ । 

विज्ञहरूका अनुसार अमेरिकी केन्द्रीय बैङ्कको यो निर्णयपछि भारतीय बैंकहरुको नियामक आरबीआईले पनि अप्रिलको पहिलो हप्तामा शून्य दशमलव २५ प्रतिशतले ब्याजदर बढाउन सक्छ । यो हप्ता युरोपेली केन्द्रीय बैङ्कले आधा प्रतिशत अङ्कले दर बढाएको छ। यसअघि फेब्रुअरीमा पनि आरबीआईले शून्य दशमलव २५ प्रतिशतले रेपो दर बढाएको थियो। यसले त्यहाँ अहिले रिपो दर ६ दशमलव २५ बाट ६ दशमलव ५० मा पुगेको छ। 

प्रतिक्रिया दिनुहोस