aarthiknews.com आइतबार, १७ मंसिर २०८०   Sunday, 03 December, 2023
 
Royal Enfield
sarbottamcement

आठ महिनामा १० खर्बको आयात हुँदा एक खर्बको निर्यात, व्यापार घाटा ९ खर्ब

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०९ चैत्र २०७९
Global IME
ime Limited
आठ महिनामा १० खर्बको आयात हुँदा एक खर्बको निर्यात, व्यापार घाटा ९ खर्ब
DHI
nmb

काठमाडौं । चालू आर्थिक वर्षको आठ महिना अर्थात साउनदेखि फागुनसम्म आयात निर्यात दुबै घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा निर्यात २९ प्रतिशतले घट्दा आयात १९ प्रतिशतले घटेको देखिएको हो ।    

भन्सार विभागका अनुसार यस चालू आर्थिक वर्षको आठ महिनाको अवधिमा निर्यात २९ दशमलव ०७ प्रतिशतले घटेको छ । आठ महिनामा एक खर्ब ४ अर्ब ७९ करोड ६१ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालले निर्यात गरेको छ । गएको वर्षको यही अवधिमा एक खर्ब ४७ अर्ब ७४ करोड ४६ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको थियो ।    

त्यस्तै, आयात पनि १९ दशमलव १३ प्रतिशतले घटेको छ । आठ महिनामा १० खर्ब ५८ अर्ब ३८ करोड ५५ लाख रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । गएको वर्षको सोहि अवधिमा १३ खर्ब ८ अर्ब ७३ करोड ४८ लाख रुपैयाँको वस्तु र सेवा आयात गरिएको थियो ।   

भन्सार विभागका अनुसार आठ महिनामा नेपालको व्यापार घाटा १७.८६ प्रतिशतले घटेको छ । गत वर्षको सोही अवधिमा नेपालले ११ खर्ब ६० अर्ब ९८ करोड ८७ लाख रुपैयाँको व्यापारघाटा व्यहोरेको थियो । तर, चालू आर्थिक वर्षका आठ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब ५३ अर्ब ५८ करोड ९३ लाख रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ ।  

त्यस्तै, यस अवधिमा वैदेशिक व्यापार २०.१४ प्रतिशतले घटेको छ । चालू आवको आठ महिनामा ११ खर्ब ६३ अर्ब १८ करोड १७ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको सोहि अवधिमा १४ खर्ब ५६ अर्ब ४८ करोड ९ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।   
 

प्रतिक्रिया दिनुहोस