aarthiknews.com बुधबार, २० मंसिर २०८०   Wednesday, 06 December, 2023
 
Royal Enfield

लाइसेन्स नवीकरण गर्न पाँच घण्टा, पाउन एक वर्ष

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • विहीबार, ०९ चैत्र २०७९
Global IME
लाइसेन्स नवीकरण गर्न पाँच घण्टा, पाउन एक वर्ष
DHI
nmb

काठमाडौं । सवारी चालक अनुमतिपत्र ‘लाइसेन्स’ नवीकरण गर्न कति समय लाग्ला ? २० मिनेट, आधा घण्टा वा एक घण्टा । यस्तै सोचिरहनु भएको छ भने तपाई गलत हुनुहुन्छ । एउटा लाइसेन्स नवीकरण गर्न पाँच घण्टा कुर्नुपर्ने बाध्यता छ । भने नविकरण गरेको लाइसेन्स पाउने एक वर्ष कुर्न पर्छ । 

रामेछापका श्रीकृष्ण सुवेदी काठमाडौंमा सानोतिनो व्यवसाय गरेर बस्छन् । उनले लाइसेन्स नवीकरण गर्न जाँदा पाँच घण्टा लाइन बस्नुपर्‍यो । त्यति गरेर पनि उनले स्मार्ट लाइसेन्स पाउन अझै कति वर्ष कुर्नुपर्ने हो ? त्यसको ठेगान छैन् । सुवेदी कार्यालय समय खुल्नेबित्तिकै एकान्तकुनास्थित यातायात कार्यालय पुगेका थिए । उनले टोकन पाउनै झन्डै ११ बजाउनुपर्‍यो ।

लामो लाइन छिचोलेर टोकन पाएपछि बायोमेट्रिकदेखि स्वास्थ्य जाँचका लागि १ सय ४ नम्बर कोठामा पनि उनले एक घण्टालाइनमा बस्नुपर्‍यो । लाइन कुरेर बसेका उनी आँखाको स्वास्थ्य जाँच गराउँदा कर्मचारीको रूखो बोली र व्यवहार खेप्नुपरेको सुनाउँछन् ।

प्रतिक्रिया दिनुहोस