aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

प्रिमियम मूल्यमा आईपीओ जारी गर्दै सिटिजन लाइफ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ चैत्र २०७९
प्रिमियम मूल्यमा आईपीओ जारी गर्दै सिटिजन लाइफ
NIBL

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्नका लागि चैत ५ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ । कम्पनीले प्रतिकित्ता १९० रुपैयाँ प्रिमियम थप गरेर २९० रुपैयाँ दरमा १ करोड १२ लाख कित्ता आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन दिएको हो । 

सेबोनले अनुमति दिएमा उक्त कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कर्मचारीलाई र २९० रुपैयाँका दरले सर्वसाधारणलाई आईपीओ विक्री गर्नेछ । सर्वसाधारणका लागि भने कम्पनीको आईपीओमा १९० रुपैयाँ प्रिमियम थप गरिएको छ । 

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । यसअघि सन नेपाल लाइफ, आइएमई लाइफ र रिलायबल नेपाल लाइफले पनि आईपीओ निष्कासनका लागि सेबोनमा निवेदन पेश गरिसकेका छन् ।
 

प्रतिक्रिया दिनुहोस