aarthiknews.com मंगलबार, २३ जेठ २०८०   Tuesday, 06 June, 2023
 

दुई कम्पनीको शेयर कारोबार १५ दिन रोक्का

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०८ चैत्र २०७९
दुई कम्पनीको शेयर कारोबार १५ दिन रोक्का
NIBL

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको शेयर  भोलि अर्थात् चैत ९ गतेदेखि १५ दिन रोक्का हुँदै छ । नेपाल धितोपत्र बोर्डबाट जारी भएको ‘धितोपत्र दर्ता गराएको संगठित संस्था एक आपसमा गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका २०७९’ को निर्देशनअनुसार शेयर मिलान, धितोपत्र पुनः दर्ता धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि दुवै कम्पनीको शेयर बिहीवारदेखि रोक्का हुने भएको हो । 

सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सबीच एक आपसमा मर्जरमा जाने सहमति भई चैत ९ गतेदेखि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार शुरू हुँदै छ । यी दुई कम्पनी समान हैसियतमा मर्जरमा जान लागेका हुन् । मर्जर पश्चात बन्ने कम्पनीको प्रधान कार्यालय काठमाडौं महानगरपालिका–१० नयाँ बानेश्वर रहने जानकारी दिइएको छ ।
 

प्रतिक्रिया दिनुहोस