काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका नायब सुब्बा विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । काठमाडौंको शुद्धनगर स्थित विभागमा कार्यरत प्रमोद पाण्डेले ३० हजार रुपैयाँ घुस लिएको अवस्थामा अख्तियारको टोलीले रगेंहात पक्राउ परेको थियो ।
निजले वैदेशिक रोजगार कसुरमा मिलापत्र पश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीसँग सो रकम मागेका थिए । अख्तियारका अनुसार उनले भ्रष्टाचारजन्य कुसर गरेका कारण भ्रष्टाचार निवारण ऐनले तोके बमोजिमको कैद र विगो बमोजिमको जरिवाना मागदावी गर्दै बुधबार विशेष अदालत काडमाडौमा आरोपपत्र दायर गरेको जनाएको छ ।