सिटिजन्सद्वारा प्रहरीलाई ३ थान मोटरसाईकल हस्तान्तरण - Aarthiknews
aarthiknews.com बुधबार, ०१ असोज २०७६   Wednesday, 18 September, 2019
 

सिटिजन्सद्वारा प्रहरीलाई ३ थान मोटरसाईकल हस्तान्तरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ भदौ २०७६
Sunrise bank
सिटिजन्सद्वारा प्रहरीलाई ३ थान  मोटरसाईकल हस्तान्तरण
LBEF
NCH-IPS

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महानगरीय प्रहरी परिसर, ललितपुरलाई ३ थान मोटरसाईकल हस्तान्तरण गरेको छ । 

महानगरीय प्रहरी परिसर, ललितपुरमा आयोजित एक कार्यक्रम बिच सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले समुदाय — प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी परिसर, ललितपुरलाई ३ थान  मोटरसाईकल प्रदान गरेको हो । 

“योर पार्टनर फर प्रोग्रेस” भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पु¥याँउदैै आएको यस बैंकले ललितपुर जिल्लामा कार्यरत प्रहरी कर्मचारीहरुले समय सापेक्ष जनमैत्री प्रहरी सेवा प्रदान गरी समग्र जिल्लामा शान्ति सुरक्षा कायम गरी अपराध मुक्त समाजको निर्माण गर्ने जिम्मेवारी बहन गरेका नेपाल प्रहरीका अधिकृत तथा जवानहरुलाई अझ थप हौसला प्रदान गर्ने अभिप्रायले बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै यमहा एफ जेड तीन  थान मोटर साईकल तथा साँचो हस्तान्तरण गरेको हो । 

यस किसिमको सहयोगबाट “प्रहरी मेरो साथी” को भावना वृद्धि हुने विश्वास बैंकले व्यक्त गरेको छ । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक,शैक्षिक  आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकले जानकारी दिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८२ वटा शाखा, ७८ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख  ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेकोे छ ।
 

प्रतिक्रिया दिनुहोस