aarthiknews.com बुधबार, २४ जेठ २०८०   Wednesday, 07 June, 2023
 

आज, भोलि र पर्सी पानी पर्ने - यस्तो हुनेछ तीन दिनको मौसम

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०७ चैत्र २०७९
आज, भोलि र पर्सी पानी पर्ने - यस्तो हुनेछ तीन दिनको मौसम
NIBL

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको पनि प्रभाव रहेको जनाएको छ । हाल देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित वर्षा भइरहेको छ ।

२०७९ चैत ७ गते (मंगलबार) 

दिउँसोː  देशभर सामान्य देखि पूर्ण बदली रहने छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग/हावा-हुरी/असिना सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीː  देशभर आँशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग/हावा-हुरी/असिना सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७९ चैत ८ गते (बुधवार) 

दिउँसोː  देशभर आँशिक देखि सामान्य बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीː  देशभर आँशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

२०७९ चैत ९ गते (बिहिवार) 

दिउँसोː  देशको पहाडी भुभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भुभागका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीː  देशको पहाडी भुभागमा आंशिक देखि सामान्य बदली रहि बाँकी भुभागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग सहित क्षणिक/हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस