नेप्सेमा गिरावट कायमै - Aarthiknews
aarthiknews.com शनिबार, २१ मंसिर २०७६   Saturday, 07 December, 2019
 
Bajaj_Bike

नेप्सेमा गिरावट कायमै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ भदौ २०७६
Sunrise bank
नेप्सेमा गिरावट कायमै
LBEF
NCH-IPS

काठमाडौं ।  मंगलबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेको छ । यस दिन कारोबार शुरु भएपछि भारी मात्रामा गिरावट आएको थियो । तर, मध्यन्नतिरबाट सुधार हुँदै गए पनि अन्ततः  कारोबार बन्द हुने बेलामा नेप्से परिसूचक २.२४ अंकले घटेर ११६६.६७ बिन्दूमा झरेको छ । कुल १७२ कम्पनीको  करिब १० लाख कित्ता शेयर साढे २३ करोड रुपैयाँमा किनबेच भएको नेप्सेले जनाएको छ । कारोबार रकम अघिल्ला दिनको तुलनामा न्यून हो । 

मंगलबार समग्र परिसूचकमा गिरावट आए पनि  हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब सात प्रतिशतले बढेको छ । तर, सेन्ट्रल फाइनान्स र अरुण काबेली पावर कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यी कम्पनीको शेयर मूल्य करिब ५ प्रतिशतले घटेको छ । 

यस दिन सबैभन्दा बढी कुमारी बैंकको शेयर किनबेच भएको छ । यस कम्पनीको  सवा करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । 

प्रतिक्रिया दिनुहोस