वहादुरगञ्जमा महिलाको शव फेला, हत्या भएको हुनसक्ने - Aarthiknews
aarthiknews.com बुधबार, ०१ असोज २०७६   Wednesday, 18 September, 2019
 

वहादुरगञ्जमा महिलाको शव फेला, हत्या भएको हुनसक्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २४ भदौ २०७६
Sunrise bank
वहादुरगञ्जमा महिलाको शव फेला, हत्या भएको हुनसक्ने
LBEF
NCH-IPS

कपिलवस्तु । कपिलवस्तुको वहादुरगञ्जमा एक महिलाको शंकास्पद अवस्थामा शव फेला परेको छ । उनको हत्या भएको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।

कृष्णनगर नगरपालिका ८ वहादुरगञ्ज बस्ने २८ वर्षिया संगीता कलवार मंगलबार बिहान साढे तीन बजे शौच गर्न घर बाहिर निस्किएको परिवारले जनाएको छ ।

उनको शव घर नजिकैको झाडीमा फेला परेको थियो । शवको पोष्टमार्टमका लागि शिवराज अस्पतालमा राखिएको छ ।

उनको घाँटीमा निलडाम देखिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय वहादुरगञ्ज प्रहरी नायव निरीक्षक अभय राउतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस