aarthiknews.com आइतबार, ०७ असोज २०८०   Sunday, 24 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

विदेशी जेलमा रहेका नेपालीलाई मदिराजन्य वस्तु ओसारपसारको आरोप

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • सोमबार, ०६ चैत्र २०७९
himalayanlife
विदेशी जेलमा रहेका नेपालीलाई मदिराजन्य वस्तु ओसारपसारको आरोप
DHI
NIBL

काठमाडौं। साउदी अरबका विभिन्न कारागार (जेल)मा परेका नेपालीमध्ये अधिकांशलाई मदिराजन्य वस्तु ओसारपसारको आरोप लागेको बताइएको छ । साउदी अरबमा रहेको नेपाली दूतावासका अनुसार दूतावासले सूचनामार्फत यसबारे जानकारी दिँदै यस्तो कार्य नगर्न आग्रहसमेत गरेको हो ।

दूतावासका अनुसार यस्तो कार्यमा लगाउने पनि बढीजसो नेपाली नागरिक नै हुने गरेका छन् । आफूले जेलमा पुगेर भेट्दा चिनजानकै व्यक्तिबाट ठगिएको भन्ने गुनासो आएकाले यसबारे सचेत रहन दूतावासले साउदीमा रहेका आफ्ना श्रमिकलाई आग्रह गरेको छ ।

 साउदी नेपाली श्रमिकका लागि प्रमुख गन्तव्य देशमा पर्छ तर यहाँको कानुन कडा छ । नियम कानुनका बारेमा थाहा नहुँदा पनि वैदेशिक रोजगारीमा साउदी अरबमा रहेका धेरै नेपाली श्रमिक फस्ने गरेका छन् । साउदी अरबमा मदिरा सेवन, बिक्री वितरण तथा ओसारपसारलाई ठूलो अपराध मानिन्छ । 

प्रतिक्रिया दिनुहोस