aarthiknews.com बुधबार, २० मंसिर २०८०   Wednesday, 06 December, 2023
 
Royal Enfield

स्वास्थ्य बीमा बोर्डले गर्यो ८ अर्ब बढी दावी भुक्तानी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ चैत्र २०७९
Global IME
स्वास्थ्य बीमा बोर्डले गर्यो ८ अर्ब बढी दावी भुक्तानी
DHI
nmb

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षको फागुनसम्म स्वास्थ्य बीमा वापतको ८ अर्ब रुपैयाँ भन्दा बढि दावी भुक्तानी गरेको छ । बोर्डले छैठौं पटक अर्थात यही फागुन महिनासम्म स्वास्थ्य बीमा वापतको ८ अर्ब ५५ करोड ३६ लाख २६ हजार ८५१ रुपैयाँ दावी भुक्तानी गरेको हो । 

बोर्डले छैठौं पटकको दावी भुक्तानीमा सरकारी स्वास्थ्य बीमाको पहुँच पुगेका विभिन्न प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला अस्पताल र सामुदायिक अस्पतालहरुमा बीमा वापतको १ अर्ब ६३ करोड ६४ लाख ३० हजार ९५१ रुपैयाँ दावी भुक्तानी गरेको जनाएको छ । बोर्डको चैत २ गते बसेको बैठकको निर्णय अनुसार सेवा प्रदायक स्वास्थ्य संस्थाको पूर्ण तथा आम्सिक फर्छौंट गरी बाँकी रकम भुक्तानी गरेको हो ।

यसअघि गत पुस महिनामा बोर्डले स्वास्थ्य बीमा वापतको १ अर्ब ३२ करोड ६५ लाख ५० हजार ९०० रुपैयाँ दावी भुक्तानी गरेको थियो । त्यस्तै, बोर्डले मंसिरमा एक अर्ब १८ करोड ६ लाख ९४ हजार ९५५ रुपैयाँ र कात्तिक महिनामा एक अर्ब ७ करोड ६ लाख ३० हजार ८५० रुपैयाँ दावी भुक्तानी गरेको थियो ।

त्यसैगरी, असोज महिनामा स्वास्थ्य बीमा वापतको ६६ करोड ८१ लाख ५५ हजार ६८८ रुपैयाँ दावी भुक्तानी गरेको थियो भने भदौमा २ अर्ब ६७ करोड ११ लाख ६४ हजार ७४८ रुपैयाँ दावी भुक्तानी गरिएको थियो ।

बोर्डले स्वास्थ्य बीमा कार्यक्रमको शुरुवातदेखि हालसम्म स्वास्थ्य बीमा वापतको २८ अर्ब ७ करोड ३६ रुपैयाँ भन्दाबढिको दावी भुक्तानी गरिसकेको जनाएको छ । 

प्रतिक्रिया दिनुहोस