aarthiknews.com आइतबार, १२ चैत्र २०७९   Sunday, 26 March, 2023
 

गौरादहमा कौडा खेलिरहेको तीन जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ चैत्र २०७९
Prabhu Bank
Motor Head
गौरादहमा कौडा खेलिरहेको तीन जना पक्राउ
nabil bank
LBF

झापा । गौरादहमा कौडा खेलिरहेको तीन जना पक्राउ परेका छन् । गौरादह नगरपालिका १ गौरादह बजारस्थित घरमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका ३ बस्ने ३३ वर्षीय रुद्र भण्डारीसमेत ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

उक्त घरमा कौडा खेलिरहेका छन् भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले उनीहरुलाई ४५ हजार ९ सय ४५ रुपैयाँ र १६ थान कौडासहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस