aarthiknews.com बुधबार, २० मंसिर २०८०   Wednesday, 06 December, 2023
 
Royal Enfield

एक महिनामै परे दुई हजार दुई सय ऋणी कालोसूचीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ चैत्र २०७९
Global IME
एक महिनामै परे दुई हजार दुई सय ऋणी कालोसूचीमा
DHI
nmb

काठमाडौं । कर्जा सूचना केन्द्रले विभिन्न व्यवसाय गर्ने उद्देश्यले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर समयमै कर्जा फर्छ्यौट गर्न नसक्ने व्यक्ति तथा संस्थाहरूलाई कालोसूचीमा राख्ने गर्छ । यसरी समयमा ऋण तिर्न नसकेर कालोसूचीमा पर्ने व्यक्ति तथा संस्थाको संख्या बढ्दो रहेको छ ।  
कर्जा सूचना केन्द्रको तथ्यांक हेर्ने हो भने गत फागुन महिनामा दुई हजार भन्दा बढी संख्यामा ऋणीहरु कालोसूचीमा परेको देखिन्छ । यस महिनामा दुई हजार दुई सय ५० ऋणी कालोसूचीमा परेका हुन् ।    

कर्जा सूचना केन्द्रले प्रकाशित गरेको तथ्यांक अनुसार यस महिनामा कृषि फार्मदेखि उद्योगी, व्यापारी, कम्पनी तथा व्यक्तिहरू कालोसूचीमा परेको देखिन्छ । त्यस्तै, उद्यमी, मार्ट, खुद्रा पसलेदेखि निर्माण व्यवसायीहरूसमेत यस अवधिका कालोसूचीमा परेका छन् । 

यस महिनाको पहिलो दिन अर्थात फागुन २ गते ८९ जना ऋणीहरु कालोसूचीमा परेका छन् । जसमा काजल फोन्सी स्टोर, शिवालय सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड,  विशाल एण्ड राजेश फर्निचर उद्योग, रेग्मी निर्माण एण्ड सप्लायर्स लगायत रहेका छन् । 

त्यस्तै, यस महिना न्यु स्टार कलेक्सन, भ्याली स्टार बिल्डर्स, तत्रिबास पशु कृषि फर्म तथा कृषि अनुसन्धान केन्द्र, आस्था नेपाल इन्टरप्राइजेज, अनिता खाद्य किराना सप्लायर्स, ब्रोदर्स हार्डवयर, लेक सिटी हस्पिटल एण्ड क्रिटिकल केयर लगायत ऋणीहरु कालोसूचीमा परेका परेका छन् । 
फागुन महिनामा एक दर्जन भन्दा बढी सहकारी कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रका अनुसार फागुन महनिामा १४ वटा सहकारी कालोसूचीमा परेका हुन् । जसमा निकै चर्चित कान्तिपुरदेखि पिपुल्स सहकारी समेत रहेका छन् । 

त्यसअलवा कालोसूचीमा परेका सहकारीमा चुरियामाई बचत तथा ऋण सहकारी संस्था, शिभम बचत तथा ऋण सहकारी संस्था, सबल पशुपालन सहकारी संस्था, मल्लिकार्जुन कृषि सहकारी संस्था, समान्ता सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, नमो बचत तथा ऋण सहकारी संस्था र मित्र मिलान सेभिङ एण्ड क्रेडिट को अपरेटिभ सोसाइटी लिमिटेड रहेका छन् । 

त्यस्तै यस अवधिमा कालोसूचीमा थपिएका अरु सहकारीमा पहिलो पाइला बहुउद्देश्यीय सहकारी संस्था, नवसवाल सेभिङ एण्ड क्रेडिट को अपरेटिभ, शंखनाथ बचत तथा ऋण सहकारी संस्था, शिव शिखर बहुउद्देश्यीय को अपरेटिभ र शिवालय सेभिङ एण्ड क्रेडिट को अपरेटिभ रहेका छन् ।

काठमाडौंको मिनभवनमा केन्द्रीय कार्यालय रहेको कान्तिपुर सेभिङ एण्ड क्रेडिट को-अपरेटिभका सञ्चालकमा चन्द्र ज्योति कोइराला, देवसागर लामा र पुष्पराज कोइराला रहेका छन् । तर, निजहरुका अनुसार चन्द्र ज्योति कोइराला र पुष्पराज कोइराला क्रमशः भकुण्डेबेशी र बनेपामा खोलिएका सो सहकारीका कर्मचारी मात्रै हुन् । त्यसैगरी देवसागर लामा बनेपा शाखाका पूर्व कर्मचारी थिए । जसले गत बैशाख अघिनै एकाउण्टेड पदबाट राजिनामा दिई रोशी गाउँपालिकाका अध्यक्ष पदका प्रत्यासी समेत बनिसकेका छन् । 

त्यस्तै, कालोसूचीमा परेको अर्को चर्चित पिपुल्स बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकमा कृष्ण दनुवार मुना खड्का, निर्मला न्यौपाने, पार्वती कार्की, पुनम तामाङ, सुनिता पोखरेल रहेका छन् । कालोसूचीमा परेको चुरियामाई बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकमा विजय कुमार गुप्ता, बिनिता देवी, विरेन्द्र प्रसाद कलवार, कृष्ण प्रसाद गुप्ता, प्रम भगत माली, रामयोद्धा साह, रमेश प्रसाद यादव रहेका छन् । 

शिभम बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरु चन्द्र देव यादव, फूलो देवी यादव, मिना कुमारी देवी, राम कुमार यादव, सञ्जित कुमार यादव, सत्यन्द्र प्रसाद यादव र सोनफी यादव रहेका छन् । 

केन्द्रका अनुसार सबल पशुपालन सहकारी संस्थाका सञ्चालकमा अविरल केसी, हरि प्रसाद तिवारी, केशरजंग अधिकारी क्षेत्री, मिन प्रसाद कोइराला, रञ्जित बहादुर थापा (सार्की), सन्तोष केसी, सरस्वती (थापा केसी) रहेका छन् । मल्लिकार्जुन कृषि सहकारी संस्थाका सञ्चालकहरुमा भुवन बहादुर शाही, चक्र बहादुर महरा, कवीराज धामी, कर्ण बहादुर चन्द, लोक राज पन्त, माया कुमारी पाण्डेय, सिद्धिराज सोती सुन्दर सिंह रावत सुनिल कुमारी सेठ्टी रहेका छन् ।

समान्ता सेभिङ एण्ड क्रेडिट को अपरेटिभका सञ्चालकमा भुपेन्द्र राई र धिरज कुमार दास, नमो बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकमा अर्जुुन कुमार शाक्य, दिनेश तामाङ, मुना लक्ष्मी ताम्राकार, पुरुषोत्तम गुभाजु, राजेश अग्रवाल, रेश्मा बनेपाली, शिवराज श्रेष्ठ र सुभाव चन्द्र सिंह रहेका छन् । 

कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको मित्र मिलान सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ सोसाइटी लिमिटेडका सञ्चालकमा भिमलाल पौडेल, विजय लम्साल, गोपाल खनाल, किरण अधिकारी, कुशल पौडेल रमन पौडेल, रनिता थापा र संगिता रेग्मी सुवेदी रहेका छन् ।

त्यस्तै, पहिलो पाइला बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चलकमा धन बहादुर अधिकारी, मुना तिवारी, सरस्वती शर्मा, कमला बस्नेत, नेत्र कुमार गिरी, प्रेम कुमारी भुजेल, रेनुका भुजेल र सनिप कुमार भुजेल रहेका छन् ।

त्यसैगरी, नवसवाल सेभिङ एण्ड क्रेडिट को अपरेटिभका सञ्चालकमा रञ्जना खड्का, सन्तोष प्रधान र युव बहादुर कार्की रहेका छन् । त्यस्तै, शंखनाथ बचत तथा ऋण सहकारी संस्था, भरत प्रसाद धिताल, जीवन थापा, र राम कुमार उप्रेती रहेका छन् ।

केन्द्रका अनुसार शिव शिखर बहुउद्देश्यीय को-अपरेटिभका सञ्चालकमा लिलानाथ गौतम र सुशिल बाँनिया रहेका छन् भने शिवालय सेभिङ एण्ड क्रेडिक को अपरेटिभका सञ्चालकमा हरि बशिष्ठ भट्टराई, हिमाल राई, पद्मालिम्बु, प्रताप राई, रोजिना कोइराला र सञ्जु अवाले रहेका छन् ।

प्रतिक्रिया दिनुहोस