aarthiknews.com बुधबार, १० असोज २०८०   Wednesday, 27 September, 2023
 
Rajaswo Anusandhan Bighag
British College

रास्वपासहितका यी सत दलले बनाउँदैछन् मोर्चा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०५ चैत्र २०७९
himalayanlife
रास्वपासहितका यी सत दलले बनाउँदैछन् मोर्चा
DHI
NIBL

काठमाडौं । संसद्का सहभागी साना राजनीतिक दलहरूले छुट्टै गठबन्धन गरेर जाने विषयमा छलफल चलाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनमत पार्टीसहितका सात दलले गठबन्धन अभ्यास शुरू गरेको नेताहरूले बताएका छन् ।

सत्ता गठबन्धन बाहिर रहेको रास्वपा, आम जनता पार्टी, हाम्रो नेपाली पार्टी, संघीय समाजवादी पार्टी र गठबन्धन सहयात्री दलहरू जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टीले गठबन्धन बनाउन लागेको जनमत पार्टीका नेता बीपी साहले जानकारी दिए । गठबन्धन बनाउने अन्तिम तयारीमा आफूहरू पुगेको उनको भनाइ छ । जनमत पार्टीले उपराष्ट्रपतिमा ममता झालाई उम्मेदवार बनाएको थियो । तर, झालाई लोसपा, नागरिक उन्मुक्ति पार्टीलगायतले मत दिएनन् ।

यद्यपि, गठबन्धनका ठूला दलहरूले आफूहरूलाई सत्ता सहकार्यमा सकारात्मक रूपमा नहेरेको भन्दै उनीहरू संगठित भएर संसद्मा प्रस्तुत हुने तयारी भइरहेको बताइएको छ । संसद्को चौथो दलसहित साना ७ दलीय गठबन्धनको प्रयासमा जुटेका दलहरूमध्ये रास्वपाले भने उपराष्ट्रपतिमा जनमत पार्टीका उम्मेदवारलाई मतदिएको थियो ।

प्रतिक्रिया दिनुहोस