
काठमाडौं । कीर्तिपुरको क्रिकेट रंगशालामा देखिएको दर्शकहरुको अनौठो दृष्यपछि काठमाडौं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सोविता गौतम क्रिकेट रंगशाला निर्माणको प्रस्ताव लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पुगेकी छिन् । उनले मूलपानी क्रिकेट रंगशाला निर्माणलाई चाँडो सक्न प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेकी हुन ।
शनिबार बालुवाटारमा भएको भेटमा गौतमले क्रिकेटमा सफलता प्राप्त भएका बेला सरकारले पनि अर्को क्रिकेट मैदानलाई छिटो पूरा गरेर अन्तर्राष्ट्रिय प्रतियोगिता त्यस रंगशालामा आयोजना गर्न समेत आग्रह गरेकी छिन ।
प्रतिक्रिया दिनुहोस