aarthiknews.com बुधबार, १५ चैत्र २०७९   Wednesday, 29 March, 2023
 

६ वर्षदेखि साङ्लोमा बाधेर रााखिएका २१ वर्षीय युवकको उद्धार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०४ चैत्र २०७९
Prabhu Bank
Motor Head
६ वर्षदेखि साङ्लोमा बाधेर रााखिएका २१ वर्षीय युवकको उद्धार
nabil bank
LBF

काठमाडौं । उपचार खर्चको अभावको कारण बिगत ६ वर्षदेखि साङ्लोमा बाधेर रााखिएका उदयपुरका एक युवकको त्रियुगा नगरपालिकाले उद्धार गरेको छ । त्रियुगा नगरपालिका वडा नं. ६, लालपत्ताका मानसिक विरामी २१ वर्षीय राम बहादुर परियारलाई त्रियुगा नगरपालिकाले उद्दार गरेर उपचार गर्न हेटौडा पठाएको हो ।  

त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राई र समाजसेवी भागवत राउतको नेतृत्वमा विरामीको उद्दार गरि उपचारार्थ हेटौडा स्थित मानव सेवा आश्रम पठाएको छ । रामको मानसिक सन्तुलन गुमेपछि दिदी हस्तमाया बि.क.को घरमा साङ्ग्लोले बाधेर बस्न बाध्य थिए । 

त्रियुगा नगरपालिकाले बिरामीलाई मानव सेवा आश्रम हेटौडा पुर्‍याउन सवारी साधनको व्यवस्था गर्नुको साथै मानव सेवा आश्रममा सहजिकरण गरेर उपचारमा सहयोग गर्ने व्यवस्था मिलाईएको नगरपालिकाका उपप्रमुख महेश्वरी राईले जानकारी दिइन् ।

त्रियुगा नगरपालिका भित्र कोही पनि मानसिक विरामी उपचार अभावमा बस्नु नपरोस भनेर नगरपालिकाले विरामीहरुको तथ्यांक संकलन गरेर नियमित उद्दार गर्ने कार्ययोजना बनाएको त्रियुगा नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस