aarthiknews.com बुधबार, २० मंसिर २०८०   Wednesday, 06 December, 2023
 
Royal Enfield

विना तामझाम राष्ट्रपति पौडेलको सवारी, कुमारी घरमा नयाँ चलन चलाए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०४ चैत्र २०७९
Global IME
विना तामझाम राष्ट्रपति  पौडेलको सवारी, कुमारी घरमा नयाँ चलन चलाए
DHI
nmb

काठमाडौं । विना तामझाम राष्ट्रपति रामचन्द्र पौडेलले आज वसन्तपुरस्थित कुमारी घर पुगेर जीवित देवी कुमारीको दर्शन गरेका छन । आज अपराह्न वसन्तपुरस्थित कुमारी घर पुगेका राष्ट्रपति पौडेलले कुमारीको दर्शन गरी प्रसाद ग्रहण गरेको उनका प्रेस संयोजक खिला कार्कीले जानकारी दिए । 

राष्ट्रपतिलाई कुमारी घरका अध्यक्ष गौतमरत्न शाक्य, प्रतिनिधिसभा सदस्य सपना राजभण्डारी, प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्यलगायतले कुमारी घरमा स्वागत गरेका थिए । राष्ट्रप्रमुख भएपछि जीवित देवी कुमारीको दर्शन गर्न जाने परम्पराअनुसार राष्ट्रपति पौडेल दर्शन गर्न गएका हुन । राष्ट्रपति पौडेल कुमारीको दर्शन गर्न जाँदा सडक खाली नगरी गएका थिए ।

कुमारीको दर्शनपछि राष्ट्रपति पौडेलले प्रसाद ग्रहण गर्नुका साथै कुमारी घरमा चियापान गरेर फकिए । राष्ट्रपति पौडेलले पहिलोपल्ट कुमारी घरमा चिया पिएका थिए । यसअघि राष्ट्र प्रमुखले कुमारी घरमा चिया पिउने चलन थिएन ।

प्रतिक्रिया दिनुहोस